नियम ९
योग्यता तथा तालीम सम्बन्धी व्यवस्था
(१) अध्यापन अनुमति पत्र वा शिक्षक पदको लागि लिइने परीक्षामा उम्मेदवार हुन देहाय बमोजिमको शैक्षिक योग्यता तथा तालीम प्राप्त गरेको हुनु पर्नेछः–
(क) प्राथमिक विद्यालयको शिक्षकको लागि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम लिएको,
(ख) निम्न माध्यमिक विद्यालयको शिक्षकको लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाण पत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालीम लिएको,
(ग) माध्यमिक विद्यालयको शिक्षकको लागि सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम लिएको,
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिम तालिम नलिएका महिला वा अपाङ्गता भएका व्यक्ति यो उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि हुने पहिलो परीक्षामा उम्मेदवार हुन सक्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले शिक्षा शास्त्र तर्फ सोही उपनियममा उल्लिखित योग्यता प्राप्त गरेको भए यस नियमको प्रयोजनको लागि तालीम लिएको मानिनेछ ।
(४) तल्लो तहको विद्यालयको शिक्षकले माथिल्लो तहको तालीम लिएको भए यस नियमको
प्रयोजनको लागि तालीम लिएको मानिनेछ ।
(५) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुन अघि स्वीकृत स्थायी शिक्षक दरबन्दीमा अस्थायी नियुक्ति भई सेवामा रहेका शिक्षकहरूको हकमा बाहेक संवत् २०६८ साल श्रावण १ गतेदेखि प्राथमिक तहको शिक्षकको लागि प्रविणता
प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण नगरेको व्यक्ति उम्मेदवार हुन सक्ने छैन ।
(६) उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले दुई सय पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालीम आवश्यक पर्ने छैन ।
(७) उपनियम (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्यूटर, सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, पशुपालन वा वाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले सो खण्ड बमोजिमको तालीम नलिए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछ ।
(८) उपनियम (७) बमोजिम उम्मेदवार भएको व्यक्ति शिक्षक पदमा नियुक्ति भएमा निजले त्यसरी नियुक्ति भएको पाँच वर्षभित्र शिक्षा विषयमा कम्तीमा दश महिना वा सो सरहको तालीम लिइसक्नु पर्नेछ ।
(९) उपनियम (८) बमोजिमको तालीम नलिएको शिक्षकले त्यस्तो तालीम नलिएसम्म बढुवाको लागि उम्मेदवार हुन सक्ने छ्रैन ।